अस्वस्थ कर्मचारीलाई ७ वर्षे सेवासुविधा दिएर अवकाश दिने तयारी 

Prabhu Bank

काठमाडौं । सरकारले शारीरिक तथा मानसिक कमजोरी र अस्वस्थ कर्मचारीलाई सात वर्षे सेवासुविधा थप गरि अवकाश दिने भएको छ ।

Saftey Pads

सरकारले सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पेश गरेको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा शारीरिक तथा मानसिक रुपमा अस्वस्थ भएका कर्मचारीलाई सात वर्षको सेवासुविधा थप थरी अवकाश दिने व्यवस्था गरिएको हो ।

समितिको सोमबारको बैठकमा बोल्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बहालवाला कर्मचारी शारीरिक तथा मानसिक रुपमा अशक्त भएमा उसलाई सात वर्षे सेवासुविधा थप गरी अवकाश दिने कानूनी व्यवस्था गर्न लागिएको जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग

सरकारले कार्य क्षेत्रमै शारीरिक तथा मानसिक रुपमा अशक्त भएका कर्मचारीलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था पनि गरेको छ ।

उनीहरूको अवस्थालाई हेरेर मन्त्रिपरिषद् बैठकले पनि विशेष व्यवस्था गर्ने प्रावधान विधेयकमा समावेश गरिएको छ ।

 

 

Maruti Cement