उच्च ओहोदाका राजनीतिकर्मी र प्रशासकहरूको सम्पत्ति छानविन गर्छौः रवीन्द्र मिश्र  

Prabhu Bank

काठमाण्डौं।
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्नो पार्टी सत्तामा पुगेपछि २०४६ साल यता उच्च पदमा पुगेका प्रशासक र राजनीतिकर्मीको सम्पत्ति छानविन गर्ने बताएका छन्। सोमबार राति एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिदैँ मिश्रले भ्रष्टाचार मुलुकको क्यान्सर भएको भन्दै देश रूपान्तरण गर्न भ्रष्टाचारीलाई जेल हाल्नुको विकल्प नभएको दाबी गरे।
मिश्रले आफ्नो पार्टी सत्तामा पुगे पहिलो कामको रुपमा २०४६ साल यता राजनीति र उच्च पदस्थ प्रशासकका रुपमा राज्य दोहन गरेर अकुत सम्पत्ति कमाएकाहरुको सम्पत्ति छानविन गरेरै छोड्ने बताए। कर्मचारीतन्त्रमा देखिएको राजनीति नै समृद्धि र सुशासनको मुख्य बाधक भएको भन्दै मिश्रले आफ्नो पार्टी सत्तामा पुगे पहिलो मन्त्रिपरिषद्‌ बैठकबाटै दलीय कर्मचारी सङ्गठनहरू खारेज गरिदिने चेतावनी दिएका छन्।

Saftey Pads
अन्य सम्बन्धित समाचार:  अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा विरुद्ध ३ वटा उजुरी

नेपालको राजनीतिक नेतृत्वले कूटनीतिक मर्यादा पालना नगर्दा बाह्य हस्तक्षेप हुने गरेको भन्दै उनले आफ्नो पार्टीका नेताहरूका लागि कूटनीतिक निर्देशिका तयार पारिएको बताए। मिश्रका अनुसार साझा पार्टीले आफ्ना नेताहरूका लागि जारी गरेको कूटनीतिक निर्देशिका मङ्गलबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरि जारी गरिने छ।

Maruti Cement