युद्धग्रस्त लिबियाबाट फर्केकाहरू भन्छन्, ‘अध्यागमनकै सेटिङमा उडेका थियौं’

Prabhu Bank

काठमाडौं । मानव तस्करीको जालमा परी लिबियामा अलपत्र परेपछि गत ११ आषाढमा उद्धार भएर फर्केका आठैजना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनमा एजेन्टले मिलाइदिएको सेटिङबाट उडेको तथ्य खुलेको छ ।

Saftey Pads

सबै दुबईको भिजिट भिसामा प्रस्थान अनुमतिको छाप लगाएर उडेका थिए । मानव बेचबिखनको गिरोहका कारण भिजिट भिसामा खाडीका देश जान सरकारले कडाइ गरे पनि उनीहरू एजेन्टले भनेअनुसार तोकिएकै अध्यागमन डेस्कमा लाइन लागेर सजिलै दुबई उडेका थिए ।

यसरी सेटिङमा दुबई उडेकामध्ये धेरैजसो यसअघि कहिल्यै विदेश नगएकाहरू छन् । चितवन माडीका सञ्जय अधिकारीले आफूलाई एजेन्टले एउटा काउन्टरमा भनेअनुसार गरेको बताए । ‘एजेन्टले तोकेको काउन्टरमा गएँ । मलाई केही पनि सोधेनन्,’ उनले भने, ‘पासपोर्टमा सजिलै छाप लगाइदिए, अनि म अगाडि बढेँ ।’ दुबई बस्ने सतिश घिमिरेलाई ५ लाख बुझाएपछि उनी काठमाडौंबाट भिजिट भिसामा दुबई र त्यहाँबाट लिबिया पुगेका थिए ।

अन्य सम्बन्धित समाचार:  आइतबार महानवमी पर्व, बलिसहित दुर्गा भवानीको पूजा गरिँदै

घिमिरेले काठमाडौंमा रहेका एजेन्ट लोकमान राईलाई सम्पर्क गराइदिएको र विमानस्थल अध्यागमनको सबै सेटिङ राईले नै मिलाइदिएको अधिकारीले बताए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।

Maruti Cement