७० वर्षीय भारतीय नागरिक ४३ किलो चरेससहित पक्राउ

Prabhu Bank

काठमाडौं । प्रहरीले ४३ किलो चरेससहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

Saftey Pads

प्रहरीले सोमबार चितवनबाट ७० वर्षे नुरजाहा खातुनलाई ४३ किलो चरेससहित पक्राउ गरेको हो । खातुन चितवनमा आफ्नो छोरीको घरमा बस्दै आएका प्रहरीले जनाएको छ ।

टोलीले खानतलासी गर्दा ४३ किलो चरेस बरामद भएको टाँडी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

चरेसलाई बाक्लो लेदो बनाएर ४ ओटा जरकिनमा भरिएको छ । यो तस्करी गर्ने नयाँ तरिका भएको प्रहरीको ठहर छ ।

अन्य सम्बन्धित समाचार:  कैलालीमा भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्षसहित तीन पक्राउ
Maruti Cement