‘शिल्पा जी, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छः छवीराज ओझा

काठमाडौँ । चलचित्र निर्माता छवीराज ओझाले नायिका तथा श्रीमती शिल्पा पोखरेललाई आफ्नो घर फर्किन आग्रह गरेका छन्।

छवीले सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै अहिलेसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा नपारेको दाबी गरेका हुन् ।

उनले आफूमाथि लगाएका आरोप झुट रहेको दाबी गरेका छन् ।  नायिका शिल्पाले विवाहको तीन वर्षको अवधिमा धेरै पटक आफूलाई श्रीमान छवीले हातपात गरेको बताएकी छन् ।

निर्माता तथा शिल्पाका श्रीमान छवीले सामाजिक सञ्जाल मार्फत आफ्नो सफाई पेश गरेका हुन् ।

उनले आफूले ५२ वर्षको उमेरमा तीन श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर अब चाहिँ सहज रुपमा जीन्दगी बिताउन सक्छु जस्तो लागेर शिल्पासँग विवाह गरेको उनले उल्लेख गरेका छन् ।

शिल्पा जि,मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर…

Posted by Chhabi Raj Ojha on Monday, July 15, 2019

यो पनि पढ्नुहोस

श्रीमान विरुद्ध शिल्पाको उजुरी, छबी ओझाको चौथो सम्बन्ध पनि टिकेन

छविराज ओझा र शिल्पा पोखरेलबीच जुट्यो सहमति

तपाईंको प्रतिक्रिया/टिप्पणी