बाढी पहिरो पीडित समक्ष राहत पुर्याउन जरुरी छः उद्योगमन्त्री यादव

Prabhu Bank

काठमाण्डौ । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी तथा पहिरो पीडित समक्ष तत्काल राहत पुर्याउन जरुरी रहेको बताएका छन्।

Saftey Pads

मंगलवार जनकपुरस्थित नेकपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले हरेक दल र सरकार मिलेर पीडितहरुमा राहात पुर्याउनु पर्ने बताएका हुन्।

उनले बाढीले दिएको पीडाप्रति सरकार गम्भिर रहेको भन्दै बाढी पहिराले भत्काएको घर सरकारले बनाउने बताएका छन्।

सिरहामा पहुँचवालाले मात्र राहत पाएको गुनासो सुनिएकोले त्यस्तो हुन नदिन सबै पक्षसँग उनले आग्रह समेत गरे। उनले सरकारको राहतले मात्र नपुग्ने भन्दै संघसंस्थाहरुलाई समेत राहत बाँड्न अपिल गरे।

बाढी आएलगत्तै आफ्नो निर्वाचन क्षेत्र धनुषा आइपुगेका मन्त्री यादव विभिन्न बाँध, बाढी र पीडितहरुको घर घरमा पुगेर निरीक्षण गरेका छन्।

Maruti Cement