सप्तरीमा स्थानीयले जलाए उपेन्द्र यादवको पुत्ला

Prabhu Bank

काठमाण्डौ । समाजवादी पार्टीका अध्यक्ष एवं संघीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको पुत्ला जलाइएको छ।

Saftey Pads

यादव निर्वा्चित भएको सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिकाको कोइलाडी चोकस्थित सदभावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्रनारायण सिंहको शालिक अगाडि स्थानीय केही व्यक्तिले उनको पुत्ला जलाइएका हुन्।

यस क्षेत्रका जनताको मत लिएर उपप्रधानमन्त्री बने पनि परेका संकटहरुमा नआउने गरेको भन्दै पुत्ला जलाइएको स्थानीय युवाले बताएका छन्। हालै आएको बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिका डुबानमा परेपनि यादव एक पटक पनि नआएको उनीहरुको गुनासो छ।

उपेन्द्र यादव पटक-पटक सरकारमा जाँदा निर्वाचन क्षेत्रका जनताबाहेक विदेश भ्रमणमा रमाउने गरेको बताउँदै उनीहरुले यादवले जनतालाई धोका दिने गरेको आरोप लगाएका छन् ।

अन्य सम्बन्धित समाचार:  कोरोना अपडेट: नेपालमा सङ्क्रमितको संख्या १ लाख ६० हजार आसपास
Maruti Cement