सरकारले प्राङ्गारिक खेती गराउन छुट्टै कम्पनी खोल्ने

Prabhu Bank

काठमाण्डौ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि उत्पादनलाई अर्गानिक बनाउन छुट्टै कम्पनी खोल्ने भएको छ। मन्त्रालयले प्राङ्गारिक खेतीको प्रवद्र्धन गर्नेगरी छुट्टै कम्पनी खोल्न लागेको हो।

Saftey Pads

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालको नेतृत्वमा १५ सदस्यीय एक कार्यदल बनेको छ। कार्यदलमा प्रदेश, केन्द्र र प्राङ्गारिक खेतीमा विज्ञता हासिल गरेका सदस्य रहेको मन्त्रालयका प्रवक्ता तेज बहादुर सुवेदीले जानकारी दिए।

कार्यदलले अर्गानिक फार्मिङको प्रवद्र्धनका लागि आवश्यक सुझावहरु दिनेछ। कृषि सामाग्री कम्पनीको पहिलो प्राथमिकता मल, राष्ट्रिय बिऊ–बिजन कम्पनीको पहिलो प्राथमिकता बिऊ–बिजन हेर्ने भए जस्तै नयाँ कम्पनीको पहिलो प्राथमिकता अर्गानिक खेती हुने मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
Maruti Cement