प्रदेश ३ योजना आयोगका उपाध्यक्ष देवकोटाले दिए राजीनामा

Prabhu Bank

काठमाण्डौ । प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले राजीनामा दिएका छन्।

Saftey Pads

गएको असार २५ गते नै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष राजीनामा दिएको भए पनि दुवै जनाले यस विषयमा कुरा बाहिर नल्याउने सहमति भएको थियो । मंगलबार भने उपाध्यक्ष देवकोटाले आफूले राजिनामा दिएको जानकारी दिएका हुन्।

देवकोटाले व्यक्तिगत कारणले नै राजीनामा दिएको बताए । राजीनामा दिएको कुरालाई ५ दिनसम्म गोप्य राखेर समस्याको समाधान निकाल्ने तयारी थियो । तर जुन समस्याबाट राजीनामा दिएको हो त्यो समस्या समाधान नभएपछि देवकोटाले राजीनामा दिएको बताए ।

अन्य सम्बन्धित समाचार:  अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा विरुद्ध ३ वटा उजुरी
Maruti Cement