कात्तिकको २९मा सौगात र नम्रताको ‘माछा माछा’

Prabhu Bank

काठमाण्डौ । नायक सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘माछा माछा’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। तीन जना गाउँले यूवाहरुले शहरिया जीवन स्थापित गर्नका लागि गरेको संघर्षको कथामा यो चलचित्र बनेको छ।

Saftey Pads

चलचित्रमा सौगातसँगै बिजय बराल र अनोज पाण्डे केन्द्रिय भूमिकामा छन् । सुनिल गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र कात्तिकको २९ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रको प्रदर्शन मितिसँगै यसको फस्टलुक पनि रिलिज भएको छ। सार्वजनिक पोष्टरमा सौगात, बिजय , अनोजको समुह र अर्का कलाकार माओत्से गुरुङको समुह अलग–अलग देखिएको छ। चलचित्रमा नायिका नम्रता श्रेष्ठको पनि मुख्य भूमिका छ।

मणिराम पोखरेल कार्यकारी निर्माता रहेको यो चलचित्रलाई सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्टको ब्यानरमा रामबाबु गुरुङ र दयाहाङ राइले निर्माण गरेका हुन् । चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायांकन र सुनिल गुरुङको लेखन छ ।

Maruti Cement