साझाकाे कूटनीतिक निर्देशिका जारी: नेताहरु विदेशी दुतावास धाउन नपाउने

Prabhu Bank

काठमाण्डौं। साझा पार्टीले आफ्नो कूटनीतिक निर्देशिका जारी गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै १३ बुँदे कूटनीतिक निर्देशिका सार्वजनिक गरेको हो।

Saftey Pads

पत्रकार सम्मेलनमा पार्टीका संयोजक रवीन्द्र मिश्रले बाह्य हस्तक्षेप भयो भन्नू भन्दा पहिले कूटनीतिक प्रोटोकल के हो भन्ने कुरा नेपालको राजनीतिक नेतृत्वले बुझ्नु पर्ने बताए। उनले यो निर्देशिका साझा पार्टीका नेताहरुका लागि भएपनि यसबाट पुराना राजनीतिक दलले कूटनीतिक मर्यादाबारेको शिक्षा लिन सक्ने बताए । यस अघि सोमबार राति एउटा टेलिभिजनमा अन्तर्वार्ता दिदै मिश्रले नेपालको राजनीतिक नेतृत्व कूटनीतिक मर्यादामा बसे राजदुतावासका कोठे बैठकमा कसैले बोलाउने आँट गर्न नसक्ने बताएका थिए।

साझाले जारी गरेको निर्देशिका अनुसार पार्टी केन्द्रीय समितिका कुनैपनि नेताहरू विदेशी दुतावासको औपचारिक कार्यक्रममा सहभागी हुन नपाउने भएका छन्। सहभागी हुनै पर्ने कार्यक्रम भएमा पार्टीको विदेश विभागको अनुमति अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरिएको छ।

अन्य सम्बन्धित समाचार:  सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० जनाको मृत्यु

निर्देशिका अनुसार विदेशीहरूसँग हुने कुनैपनि राजनीतिक प्रकृतिको भेटघाटका लागि विदेश विभागको स्वीकृति अनिवार्य गरिएको छ। राजनीतिक भेटघाटका लागी स्वीकृतिसँगै विभागले तोकेको अर्को एकजना नेता पनि लिएर जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।

विदेशी दुतावासका सदस्यहरू वा विदेशीहरूसँग हुने राजनीतिक भेटवार्ताका लागि विभागको स्वीकृति लिए पनि नेताहरूले पार्टी कार्यालय या कुनै तेश्रो तटस्थ स्थानमा मात्रै भेटघाट गर्न पाउने छन्।

यसैगरी निर्देशिकामा पार्टीका नेताहरूले दुतावासका सदस्यहरूलाई आफ्नो निजी निवासमा बोलाएर भेटघाट गर्नपनि रोक लगाइएको छ, आफ्नो निवासमा भेट्नुपर्ने अवस्था आएमा पार्टी नेताहरूले विदेश विभागको स्वीकृति अनिवार्य रुपमा लिनुपर्नेछ।

पार्टीको विदेश विभागले भेटघाटका लागि स्वीकृति दिएको कुनैपनि दुतावासको सदस्य अथवा विदेश विभागको स्वीकृति आवश्यक पर्ने विदेशीहरूसँग हुने भेटबारे पार्टीले परराष्ट्र मन्त्रालयको सम्बन्धित डेस्कलाई जानकारी दिने र आवश्यक परेको खण्डमा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थितिका लागि अनुरोध गर्ने व्यवस्था गरिएको छ।

अन्य सम्बन्धित समाचार:  कुतियाकबर: वर्षायामभन्दा हिउँदमा बढी कटान

पार्टीको केन्द्रीय समितिका नेताहरूलाई कुनैपनि गुप्तचर निकायका सदस्यहरूसँग भेट्न भने पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ। नेपालमा राजनीतिक दलहरू र सरकारी निकायका जिम्मेवार व्यक्तिहरूले समेत जथाभावी कूटनीतिक भेटवार्ता गर्दा बेलाबेलामा आलोचना हुने गरेको छ भने यस्तो प्रकारका भेटघाटका कारण देशमा वैदेशिक हस्तक्षेप बढेको राजनीतिक विश्लेषकहरूले बताउँदै आएका छन्।

साझा पार्टीले भने कूटनीतिक सम्बन्धलाई व्यवस्थित गर्न भन्दै १३ बुँदे कूटनीतिक निर्देशिका नै जारी गरेको छ। साझामा पार्टीले विदेश विभागको जिम्मेवारी संयोजक रवीन्द्र मिश्रलाई दिएको छ।

Maruti Cement