वडाध्यक्षको नक्कली हस्ताक्षर गर्ने एक जना सोह्रखुट्टेबाट पक्राउ

Prabhu Bank

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्षको नक्कली हस्ताक्षर गर्ने एक जना पक्राउ परेका छन्। वडाध्यक्ष मुकुन्द रिजालको नक्कली हस्ताक्षर गर्ने बालालुस्थित अटोपार्टसका कर्मचारी रविन खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Saftey Pads

आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष मुकुन्द रिजालको नक्कली हस्ताक्षर गरेर सोह्रखुट्टेस्थित वडामा फाइल पेश गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । वडाध्यक्ष रिजालले वडा कार्यालयको दर्ता शाखामा आफ्नो नक्कली हस्ताक्षर गरेर रविनले फाइल पेश गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त स्रोहखुट्टेका डीएसपी सन्तोष सिंह राठौरले उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको भन्दै थप कुरा अहिले नखुलेको बताए । कार्कीले अटो पार्टसका मालिक टेकबहादुर रायमाझीको निर्देशनमा आफूले फाइल वडामा ल्याएको र अरू थप आफूलाई थापा नभएको प्रारम्भिक बयान दिएको बताइएको छ । वडाध्यक्षको फर्जी हस्ताक्षर भएकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  डाेटी: अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु
Maruti Cement