चितवनमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । चितवनमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका वडा नम्बर ७ मा जंगली हात्तीले आक्रमण गर्दा स्थानिय ६२ बर्षका कान्छो दराईको मृत्यु भएको हो।

Saftey Pads

घरबाट कामको लागि सौराहा जाने क्रममा बिहान बाघमारा सामुदायिक वनको चौर नजिक उनलाई हात्तीले आक्रमण गरेको थियो।

उनको शव सडकबाट ५० मिटरभित्र जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए। दराईलाई हात्तीले घिर्सादै जंगलमा लगेको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  खोकनाको सिकाली चौरमा होम र पूजा गरिँदै
Maruti Cement