पार्टी एकताको सबै काम मंगलबार बेलुकीसम्म टुंगिन्छः प्रचण्ड

Prabhu Bank

काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बेलुकीसम्म पार्टी एकताका सबै काम टुंग्याउने बताएका छन्।

Saftey Pads

ललितपुरमा मंगलबार जिल्ला कमिटीलाई सपथ खुवाउँदै प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकताको काम टुंग्याउने भनेअनुसार नै आज बेलुकीसम्म सबै काम सकिने बताए।

प्रचण्डका अनुसार आज कार्य्विभाजन, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद, विशेष कमिटी र विभागहरू गठन गर्ने काम आज साँझसम्म सकिन्छ। उनले केन्द्रीय समिति बैठक पनि छिट्टै बस्ने बताए।

पार्टी एकताका सबै काम सचिवालय बैठक हुँदै केन्द्रीय समितिबाट अनुमोदन गरेपछि देशब्यापी रूपमा अभियान लिएर जनतामा जाने उनले बताए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीलाई भेटेर ‘रअ’का प्रमुख गोयल दिल्ली फर्किए
Maruti Cement