ईलाममा चार थान भरुवा बन्दुकसहित २ जना पक्राउ

Prabhu Bank

काठमाण्डौ । इलाममा ४ थान भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। इलाम नगरपालिका ३ मकैबारीमा सन्दकपुर गाँउपालिका १ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मिनकुमार फागोलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Saftey Pads

इलाम र पाँचथरको सीमा क्षेत्रमा शंकास्पद गतिविधि भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलाम र प्रहरीचौकी पौवा पाँचथरको संयुक्त टोलीले ४ थान बन्दुक र सोमा प्रयोग हुने बारुद, फलामका टुक्रा लगायतका खरखजना बरामद गरेको हो।

गस्ती टोलीले खड्गबहादुर राई र सनम फागोको गोठ खानतलासी गरेको थियो। खानतलासीकै क्रममा रामकुमार राई बसेको गोठमा बारुद लोड भएको भरुवा बन्दुक एक थान र फलामका टुक्रा तथा बारुद फेला परेको थियो।

अन्य सम्बन्धित समाचार:  म्याग्दीमा जीप दुर्घटना: एक जनाको मृत्यु, एघार जना घाइते

त्यसैगरी मिनकुमार फागो बसेको गोठबाट बारुद लोड भएको एक थान भरुवा बन्दुक र लोड नभएको २ थान भरुवा बन्दुकसहित सोमा प्रयोग हुने बारुद, फलामको टुक्रा लगायतका खरखजना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

हतियार अबैध रहेकोले उक्त हतियार तथा प्रयोगकर्ता ब्यक्ति,समूह र प्रयोजन को बिषयमा अबैध हातहतियार मुद्दामा इलाम जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Maruti Cement