काठमाडौंमा रेड पाण्डाको छालासहित तीन जना पक्राउ

Prabhu Bank

काठमाण्डौ । काठमाडौंमा रातो पाण्डाको २ थान छाला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Saftey Pads

मैतीदेवीस्थित घट्टेकुलोबाट सोलुखुम्बु दुधकुण्ड नगरपालिका घर भएका ३१ वर्षीय निमा गोलु तामाङ, सोलुखुम्बु कै २१ वर्षीय निमा दावा तामाङ र ट्याक्सी चालक ललितपुर धापाखेल बस्ने रामेछाप सुनापाती गाउँपालिका–२ घर भएका २६ वर्षीय अनुप खपाङ्गी मगर पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा मैतीदेवी सेतो पुलबाट घट्टेकुलोतर्फ आउँदै गरेको बा.२ ज ४६२१ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेला परेपछि महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट खटिएको प्रहरीले ट्याक्सी सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० जनाको मृत्यु
Maruti Cement