ओखलढुंगामा भीरबाट लडेर युवतीको मृत्यु

Prabhu Bank

काठमाण्डौ । ओखलढुंगामा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ।

Saftey Pads

चिसंखुगढी गाउँपालिका ६ भदौरेमा घाँस काट्न जाँदा भदौरे अन्तरेटोलकी १९ वर्षीया कविता मगरको लडेर मृत्यु भएको हो।

लडेर मृत्यु भएको अवस्थामा कविताको शव फेला पारेको इन्स्पेक्टर राजीव श्रेष्ठले जानकारी दिए। मृतकको शव पोस्टमार्टमका लागि रुम्जाटार अस्पताल पठाइएको छ।

ओखलढुंगाका ग्रामीण भेगमा घाँस काट्ने क्रममा भीरबाट लडेर हरेक वर्ष दर्जनबढीले ज्यान गुमाउने गरेको प्रहरीको तथ्यांकले देखाउँछ।

अन्य सम्बन्धित समाचार:  मिथिलाका नारीद्वारा खोइँछ भर्ने विधि सम्पन्न
Maruti Cement