फेसुबकमार्फत ठगी गर्ने ३ युवा काठमाण्डौबाट पक्राउ

Prabhu Bank

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने तीन युवालाई प्रहरीले पक्राउ गरेको छ।

Saftey Pads

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले फेसबुकबाट ८० लाख रुपैयाँभन्दा बढी ठगी गर्ने तीन जनालाई मंगलबार भारतको उत्तर प्रदेश कानपुर घर भई काठमाडौं नयाँबजार बस्ने ३० वर्षीय आकिव जाबेद, क्षेत्रपाटी बस्ने २० वर्षीय एमडी सगिर शेख र महोत्तरीको गौशला नगरपालिका–५ घर भई काठमाडौं नयाँबजार बस्ने २२ वर्षीय यमदादुल मोमिनलाई काठमाडौं उपत्यकाबाट पक्राउ गरेको हो।

उनीहरुले तारा ग्याजेट नामको फेसबुक पेज बनाएर विदेशबाट सस्तोमा ल्यापटप, मोबाइल, क्यामेरा, घडी लगायतका वस्तुहरु ल्याउने भन्दै विज्ञापन गरेर ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेको अपराध महाशाखाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्रसिद्ध बाग्लुङ कालिका भगवती मन्दिर दसैँमा सुनसान
Maruti Cement