बुधबारसम्ममा देशभर विद्युत् सुचारु हुन्छः मन्त्री पुन

Prabhu Bank

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बुधबारसम्ममा देशभर विद्युत् सुचारु ह्ुने बताएका छन्। उनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत् सेवा भोलिसम्ममा सुचारु गराउने गरी काम अघि बढाइएको बताएका हुन्।

Saftey Pads

उनले कुलेखानी जलविद्युत् आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिए । बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुन पुगेको छ । मन्त्री पुनले ती सबै समस्या भोलिसम्ममा समाधान हुने गरी काम भइरहेको बताए ।

मन्त्री पुनले बाढी र डुबान हुन नदिन सरकारले नदी नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको बताए । नदी नियन्त्रण आपतकालिन कार्यका लागि नदी नियन्त्रणका क्षेत्रका काम गर्ने १५ वटा आयोजनाहरुलाई तयारी अवस्था राखिएको मन्त्री पुनको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  कैलालीमा भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्षसहित तीन पक्राउ
Maruti Cement