अन्ततः नेकपाको एकता टुङ्गियो, घोषणा साउनको पहिलो साता

Prabhu Bank

काठमाडौँ। नेपाल कम्यूनिष्ट पार्टी नेकपाको एकता प्रकृया टुङ्गोमा पुगेको छ । नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मङ्गलबार पार्टीको आन्तरिक विभागको भागबन्डामा सहमति भएपछि एकता प्रक्रिया टुङ्गोमा पुगेको हो। ओली र दाहालबीच सम्पन्न मङ्गलबारको छलफलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा समेत सहभागी थिए ।

Saftey Pads

मङ्गलबारको छलफलपछि एकता प्रकृया टुगिंएको महासचिव विष्णु पौडेलले बताए । महासचिव पौडेलका अनुसार आज दुई अध्यक्षबीच भएको सहमति साउन ५ गते सचिवालय बैठकले अनुमोदन गरेपछि मात्रै जिल्ला इन्चार्ज र सहइन्चार्ज तथा विभागप्रमुखको घोषणा गरिनेछ ।

नेकपामा ३२ वटा विभाग रहेका छन् । तत्कालीन नेकपा एमाले र माओवादीबीच गत सालको जेठ ३ गते एकता घोषणा भएको थियो । तर १४ महिनासम्म पनि एकता प्रकृयाले पूर्णता पाएको थिएन ।

अन्य सम्बन्धित समाचार:  सिकालीको प्रसाद प्रधानमन्त्रीलाई
Maruti Cement