सासूको हत्या गर्ने बुहारी पक्राउ

Prabhu Bank

काठमाडौंधुलिखेल नगरपालिका देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ ।

Saftey Pads

राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासू माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

प्रहरीले जनाएअनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे मृत्यु भएको हो ।

हत्यारा बुहारीलाई राति नै प्रहरीले नियन्त्रणमा लिइसकेको र अहिले अनुसन्धान भइरहेको बताइएको छ ।

 

 

अन्य सम्बन्धित समाचार:  सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० जनाको मृत्यु
Maruti Cement