राहत तथा पुनस्र्थापनाको काम प्रभावकारी ढंगबाट गर्नु पर्छः कांग्रेस

Prabhu Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढंगबाट राहत तथा पुनस्र्थापनाको काम गर्नुपर्ने आवश्यकता औल्याएको छ।

Saftey Pads

कांग्रेस संसदीय दलले बुधबार विज्ञप्ति जारी गरेर विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढंगबाट राहत तथा पुनस्र्थापनाको काम गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो।

कांग्रेसले बाढी, पहिरो र जल डुवान क्षेत्रमा विभिन्न रोग महामारीका रुपमा फैलिने सम्भावनालाई नियन्त्रण गर्न र थप मानवीय क्षति हुन नदिन सरकारलाई सशक्त र गतिशिल रुपमा कार्य गर्न आग्रहसमेत गरेको छ ।

अन्य सम्बन्धित समाचार:  दसैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिँदै
Maruti Cement