कालीप्रसाद बाँस्कोटामाथि संगीत चोरीको आरोप

Prabhu Bank

काठमाडौं । गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटामाथि पुनः संगीत चोरी गरेको आरोपमा उजुरी परेको छ।

Saftey Pads

बाँस्कोटाको शब्द तथा संगीत रहेको तथा नेपाल आइडलका फाइनलिष्ट सुमित पाठकको आवाजमा रहेको गीत ’समाचार’को संगीत चोरी भएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी परेको हो।

बिक्की महतले आफ्नो गीत ’बुजाइदेउन तिमी मलाई’को संगीतसँग हु बहु मिलेको भन्दै बुधबार उजुरी गरेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

संगीतकार बाँस्कोटामाथि यसअघि पनि संगीत चोरीको आरोप लागेको थियो। उनले यसअघि आफ्नै शब्द, संगीत तथा स्वरमा रहेको गीत ’इन्स्टाको फोटो’को संगीत पनि कार्ला ब्रुनीको एक फ्रान्सेली गीतको संगीतसँग हुबहु मिलेको आरोप लागेको थियो।

सो पश्चात उनले आफूलाई उक्त गीत असाध्यै मन पर्ने र सोही गीतबाट प्रभावित भएर ’इन्स्टाको फोटो’ तयार गरेको स्वीकार गरेका थिए।

अन्य सम्बन्धित समाचार:  सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक
Maruti Cement