काठमाडौँ । बाल गायिका क्रिष्टिना श्रेष्ठको आवाजमा नयाँ गित “नेपालकी छोरी” बजारमा आएको छ।
गीतकार तथा साहित्यकार सर्जक अम्बिका गुरुङको शब्द चर्चित संगीतकार महेश ज्ञवालीको संगीत रहेको गीतको म्युजिक भिडियो बुधबार सार्वजनिक गरिएको हो ।
भिडियोलाई निर्देशक शाशन कंडेलले निर्देशन गरेका छन् भने छायाँकन तथा सम्पादन रमेश बस्नेतले गरेका हुन् । म्युजिक भिडियोमा बालगायिका श्रेष्ठको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस