पेनगन सहित पोखरामा एकजना पक्राउ

Prabhu Bank

पोखरा । पोखरामा दोस्रो पटक पेनगन सहित एक जना पक्राउ परेका छन्। प्रहरीले पेनगन र लागुऔषधसहित कालिकोटका सागर रानाभाटलाई पोखराको मासबारबाट पक्राउ गरेको हो।

Saftey Pads

यसअघि पनि लागूऔषध कारोबारकै मुद्दामा सजाय पाएर छुटेका रानाभाटसँग प्रहरीले १० वटा पासपोर्ट र सातवटा नागरिकता पनि बरामद गरेको छ । रानाभाटको साथबाट फेनागरगन ६० थान, ब्रुपिनर्फिन ६०, डाईजेपाम ६० र नाईट्रोसन १५ चक्की फेला परेको प्रहरीले जनाएको छ ।

उनको साथबाट लागुऔषधसहित एक थान ’पेनगन’ र ०.२२ एमएमका सातवटा बुलेट पनि बरामद गरिएको थियो ।
प्रहरीका अनुसार हलिउडका फिल्ममा प्रयोग हुने ’पेनगन’ले नजिकको दूरीबाट मान्छे मार्न प्रयोग गरिन्छ । ब्याकग्राउण्ड, हिस्ट्री र ट्रयाक रेकर्डका आधारमा थप अनुसन्धान गरिने प्रहरीले बताएको छ।

अन्य सम्बन्धित समाचार:  उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
Maruti Cement