काठमाण्डौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कोसी ब्यूरो सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष बाबुराम किराती ’विवश’ले पार्टी परित्याग गरेको छन्।
किरातीले एक विज्ञप्ति जारी गर्दे पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्। किरातीलाई प्रहरीले सदरमुकाम खाँदबारी–७ नयाँ बजार मोलपोत कार्यालय नजिककैबाट असार ६ गते पक्राउ गरेको थियो। किरातीलाई प्रहरीले केही दिन संखुवासभा राखेर सुनसरी र्पुयाएर केही दिनअघि रिहा भएका थिए।
उपचार गर्न पार्टी परित्याग
किराती तत्कालीन नेकपा माओवादीले चलाएको १० वर्षे युद्ध मार्चामा सहभागी हुँदा टाउँकोमा गोली लागेर घाइते भएका थिए। नियमित रुपमा औषधि सेवन गर्न चिकित्सकले सल्लाह दिएका कारण पनि पार्टी छोड्नु पर्न भएको किरातीले बताए।