सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रियसभामा दर्ता

Prabhu Bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले बाढी र पहिरोका कारण उत्पन्न अवस्थाका बारेमा छलफल गर्नुपर्ने भन्दै संयुक्त रुपमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।

Saftey Pads

कांग्रेस सांसद राधेश्याम अधिकारी प्रस्तावक रहेको सो प्रस्तावमा राष्ट्रिय जनता पार्टीका सांसद वृषेशचन्द्रलाल र कांग्रेस सांसद बद्री पाण्डे समर्थक रहेका छन्।

केही दिनअघि परेको अविरल वर्षाका कारण धेरै संख्यामा मानिसले ज्यान गुमाएको, केही बेपत्ता भएको, हजारौं विस्थापित भएको, खानेपानीको अभाव भएको, विद्यालय क्षतीग्रस्त भएको, स्वास्थ्य उपचारको व्यवस्था सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलगायतबाट भएका उद्धार तथा राहतको कामकारबाही सम्बन्धमा आवश्यक जानकारी लिई आवश्यक निर्देशन गर्नुपर्ने भन्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

अन्य सम्बन्धित समाचार:  लकडाउनको आठ महिनापछि शुुरु भयो 'माउण्टेन फ्लाइट'

यसअघि प्रतिनिधिसभामा पनि प्रतिपक्षी दल कांग्रेस र राजपाले सार्वजनिक महत्वको प्रस्ताव लैजान खोजेका थिए । तर, बैठक नै नबसी साउन ८ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगन गरिएको छ ।

Maruti Cement