अस्वस्थ खसीबोका नेपाल ल्याउन दिन्नः खनाल

Prabhu Bank

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले अस्वस्थ खसीबोका नेपाल ल्याउन नदिइने बताएका छन्।

Saftey Pads

दुग्ध विकास संस्थान (डीडीसी)को स्वर्ण महोत्सवमा बोल्दै मन्त्री खनालले नेपालको माग धान्न ३० प्रतिशत खसीबोका अपुग रहेको बताउँदै स्वास्थ्यका हिसाबले पनि उपयुक्त नभएकाले अस्वस्थ खसीबोका नेपाल ल्याउन रोक्ने प्रतिवद्धता व्यक्त गरका हुन् ।

उनले जे पर्छ बेहोर्छु भनेर पाउडर दूधको आयात रोकेको दाबी गर्दै मन्त्री खनालले उद्योगी, व्यापारी, उपभोक्ताको हितमा यस्तो काम गरेको बताए । उनका अनुसार दूधको क्षेत्रमा ५० वर्षको अनुभव भएको डीडीसीलाई अझै राम्रो बनाउन सकिन्छ । डीडीसीलाई उकास्न अझैपनि राम्रोसँग सोचेर कमजोरी केलाउनु पर्ने उनले बताए ।

अन्य सम्बन्धित समाचार:  नुवाकोटमा पत्रकार कुटने सचिव पक्राउ

प्रतिस्पर्धामा जाने संस्था घाटामा नजाने बताउँदै खनालले प्रतिस्पर्धा गर्न नसक्ने संस्था बन्द गर्न आग्रह गरे । डीडीसी सरकारी संस्था भएकोले गुणस्तरीय, सस्तो, भरपर्दो र विश्वसनीय पनि हुनुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा कर्मचारी युनियनले विदेशी पाउडरमा रोक लगाएर स्वदेशी दूधलाई डम्पिङ हुनबाट रोकेको भन्दै मन्त्रीको प्रशंसा गरेका थिए ।

Maruti Cement