ज्यान मार्ने धम्की दिएको भन्दै गायक बद्री पँगेनी विरुद्ध उजुरी

Prabhu Bank

काठमाण्डौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष एवं लोक दोहोरी गायक बद्री पँगेनी विरुद्ध उजुरी परेको छ । ज्यान मार्ने धम्की दिएको भन्दै पँगेनी विरुद्ध बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको हो।

Saftey Pads

गायक पंगेनीसँगै विजय सिंह, सुवास अधिकारी गरी तीन जनाविरुद्ध ज्यान मार्ने धम्की दिएको भन्दै परेको हो। उनीहरुले काठमाडौँ प्लाजामा सञ्चालन गरेको निरमाया दोहोरी साँझमा डेकोरेसन गरेको पैसा माग्दा ज्यान मार्ने धम्की दिएका थिए।

आफूले सञ्चालन गरेको श्रृष्टि फर्निचरबाट दोहरी साँझमा काम गरेको रकम माग्न जाँदा पटक–पटक ज्यान मार्ने धम्की दिएकाले उजुरी दिएको फर्निचरका सञ्चालक निमा दोर्जी शेर्पाले जानकारी दिए।

सो दोहोरी साँझले आफूहरुलाई ५५ लाख रुपैयाँ दिन बाँकी रहेको समेत शेर्पाले बताए। उजुरी भने शान्ति–सुरक्षाको माग गर्दै दिइएको हो। उनीहरु सबैलाई छलफलको लागि बिहीबार बिहान बोलाईएको छ ।

अन्य सम्बन्धित समाचार:  डा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिक अगुवाहरुको माग

यता गायक पंगेनीले भने आफ्नो नाम मुछेर चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । उक्त आरोपप्रति पंगेनीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चरित्र हत्या गर्न खोजिएको आरोप लगाएका हुन् ।

उक्त कार्यमा आफ्नो नाम जोडेर उजुरी दिईएको प्रति उनले आपत्ती जनाएका छन् ।

Maruti Cement