लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि विशाल प्रदर्शन

Prabhu Bank

काठमाडौं । लोक सेवाले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै सरोकारवालाहरूले लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

Saftey Pads

‘आरक्षण बचाउ आन्दोलन’को नाममा गरिएको प्रदर्शनका कारण आयोग अगाडिको सडक केहीबेर तनावग्रस्त बनेको थियो । प्रदर्शनले तनावको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई हटाएको थियो ।

आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन १ दिनअगाडि त्यसको खारेजी माग गर्दै विभिन्न सङ्गठनहरूले अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोक सेवा आयोगले गत असारमा स्थानीय तहका विभिन्न पदमा ९१६१ कर्मचारी माग गरेको थियो ।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद् पुनर्गठनको तयारी : पहिला संघीय त्यसपछि प्रदेशमा

लोक सेवाको खुला विज्ञापनसँगै आदिवासी जनजाति महासङ्घलगायतका विभिन्न सङ्गठनहरूले असन्तुष्ट व्यक्त गरेका छन् ।

उनीहरुले पुनः विज्ञापन गर्नुपर्ने माग गरेका छन् ।

Maruti Cement