बस र भ्यान आपसमा ठोकिँदा १ को मृत्यु, २४ घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी शनिश्वरे नगरपालिकामा बस र तरकारी बोकेको भ्यान आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

घटनामा २४ जना घाइते भएका र ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ३ जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको पथरी शनिश्वरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईले नेपाली पत्रिकालाई जानकारी गराए ।

६ जना घाइतेहरूलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा ल्याइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

अन्य सम्बन्धित समाचार:  पुरातत्वको पत्र विपरीत मध्यराति कमलपोखरीमा किन चल्याे डोजर?