गोलरक्षक किरण पुनः मिनर्भामा अनुबन्ध

Prabhu Bank

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङलाई पुनः भारतको मिनर्भा पन्जाब क्लबले अनुबन्ध गरेको छ ।

Saftey Pads

क्लबले किरणसँग सम्झौता भइसकेको जनाएको छ । उनले यसअघि पनि मिनर्भाबाट खेलिसकेका छन् । उनीले सन् २०१८ मा मिनर्भाबाट खेल्दै क्लबलाई लिगको उपाधि जिताउन योगदान दिएका थिए ।

सो सिजनपछि किरण माल्दिभ्सको टिसी स्पोर्ट्सका अनुबन्ध भएका थिए । पछि किरण राष्ट्रिय टोलीमा फर्किएकाले टिसीले पुनः उनीसँग सम्झौता गरेन । किरण हाल राष्ट्रिय टोलीमा छन् । र, उनी विश्वकप छनौटको तयारीमा छन् ।

एसियन क्षेत्रको विश्वकपको छनौट खेलको तालिका अघिल्लो दिन सार्वजनिक भएको छ ।

अन्य सम्बन्धित समाचार:  तेह्रौँ सागको खर्च विवरण एक वर्षपछि सार्वजनिक
Maruti Cement