लण्डनमा ६० यात्रुवाहक बसमार्फत नेपालको पर्यटन प्रवर्द्घन अभियान सुरु

Prabhu Bank

काठमाडौं । लण्डनमा नेपालको पर्यटन प्रवर्द्धनको अभियान सुरु भएको छ ।

Saftey Pads

नेपाल पर्यटन बोर्ड र बेलायतस्थित नेपाली दूतावासले लण्डनमा यात्रुवाहक बसमार्फत पर्यटन प्रवर्द्धन अभियान सुरु गरेको हो ।

बोर्डका अनुसार ६० बसमा ‘नेपाल लाइफटाइम एक्सपिरियन्सेस’ नारा लेखेर पर्यटन प्रवर्द्धन अभियान सुरु गरिएको छ ।

अभियान लण्डनका प्रमुख केन्द्र पार्लियामेन्ट स्क्वायर, वेस्टमिनिस्टर, ट्राफल्डर स्क्वायर, केन्सिङ्टन हाई स्ट्रिट, अक्सफोर्ड स्ट्रिट, सेन्ट पल स्ट्रिट र अन्य १८ रुटमा सञ्चालन हुने छन् ।

बोर्डका अनुसार तीन सातासम्म सञ्चालन हुने उक्त अभियानबाट लण्डनका ४५ लाख बासिन्दाले नेपालको पर्यटन सम्भावनाबारे जानकारी पाउनेछन् ।

अन्य सम्बन्धित समाचार:  युक्रेनमा विमान दुर्घटनामा २२ को मृत्यु
Maruti Cement