समता अस्पतालका सञ्चालक सञ्जेल दम्पती धरौटीमा छुटे

Prabhu Bank

काठमाडौं । समता अस्पताल तथा स्कुलको सञ्चालक दम्पती उत्तम सञ्जेल र कला सञ्जेल ३/३ लाख धरौटीमा छुटेका छन् ।

Saftey Pads

गत ३ आषाढमा समता अस्पताल बौद्धमा अस्पतालकै एक कर्मचारी विमला तामाङ झुन्डिएको अवस्थामा भेटिएपछि उनीहरूमथि छानबिन गर्न दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विमलाको रहस्यमय मृत्यु भएपछि सञ्चालक दम्पतीलाई पक्राउ गर्न जनदवाव बढेको थियो । त्यसपछि उनीहरु पक्राउ परेका थिए ।

विमलाको पोष्टमार्टममा झुन्डिएकै कारण मृत्यु भएको रिपोर्ट बाहिर आएको थियो । पर्याप्त प्रमाणहरू नभएपछि उनीहरु धरौटीमा छुटेका हुन् ।

जिल्ला अदालत काठमाडौंले उनीहरूलाई ३\३ लाख धरौटीमा छुट्न आदेश दिएको हो ।

सम्बन्धित समाचारहरुः

–समता अस्पताल घटनाको छानबिनको माग गर्नेमाथि प्रहरीले गर्यो लाठीचार्ज

अन्य सम्बन्धित समाचार:  बसकाे ठक्करले स्कुटीमा सवार एकै परिवारका तीन जनाको मृत्यु
Maruti Cement