एक हप्तामा ९० जनाले ज्यान गुमाए

Prabhu Bank

काठमाडौं । गत अषाढ २६ बाट परेको अविरल वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानमा परी बिहीबार बिहानसम्म ९० जनाले ज्यान गुमाएका छन् ।

Saftey Pads

ती घटनमा २९ जना अझै बेपत्ता रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बाढीपहिरोका घटनामा परी ४१ जना घाईते भएका छन् ।

त्यस्तै बाढीपहिरोकै कारण देशभर ११ हजार ८ सय ३९ घरधुरी विस्थापित भएका छन् । देशका २९ जिल्लामा बाढीपहिरोमा परी मानिसको मृत्यु भएको केन्द्रद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल समेतबाट ४१ हजार २ सय ४ जनशक्ति खोज, उद्धार र राहत वितरणमा परिचालन भएका छन् ।

अन्य सम्बन्धित समाचार:  ६ महिनापछि सुरु भयो धनगढी–काठमाडौं हवाई उडान

यो टोलीले हालसम्म ३ हजार ३ सय ६६ जनाको सकुशल उद्धार गरेको केन्द्रले जनाएको छ ।

यो विवरण हेर्नुहोस्ः

Maruti Cement