जापानको एनिमेसन स्टुडियोमा आगजनी, कम्तीमा २२ जनाको मृत्यु

Prabhu Bank

 

Saftey Pads

काठमाडौं । जापानको क्योटोको एक एनिमेसन स्टुडियोमा गराइएको आगलागीमा कम्तीमा २२ जनाको ज्यान गएको छ ।

बिहीबार बिहान एक व्यक्तिले लगाएका आगोमा परि कम्तीमा २२ जनाको मृत्यु भएको छ भने, ४० भन्दा बढी घाइते भएका छन् ।

जापानको समाचारपत्र ‘जापान टाइम्स’का अनुसार ती आक्रमणकारीले पहिले भवनमा ज्वलनशील पदार्थ छर्केको र केहीबेरपछि आगो सल्काएको बताइएको छ ।

आगलागीका बेला झन्डै ७० जना मानिस  काम गरिरहेका  थिए ।

आगो लगाउने ४१ वर्षीय पुरूष पनि आगलागीमा परी घाइते भएका जापान टाइम्सले उल्लेख गरेको छ ।

 

अन्य सम्बन्धित समाचार:  आर्सनल विजयी, म्यानचेस्टर युनाइटेड पराजित
Maruti Cement