पेट्रोलियमपछि अब ग्यास पाइपलाइनतिर सोचौंः भारतीय राजदूत पुरी

Prabhu Bank

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सफलतापछि ग्यास पाइपलाइनतिर लाग्नुपर्ने बताएका छन् ।

Saftey Pads

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पुरीले पेट्रोलियम पाइपलाइनपछि ग्यास पाइपलाइनतिर ध्यान दिनुपर्ने बताएका हुन् ।

‘नेपाल–भारत पेट्रोलियम पाइपलाइन सफल भएको छ । अब हामीले ग्यास पाइपलाइनबारे सोच्नुपर्छ ।’ राजदूत पुरीले भने ।

मोतिहारीदेखि अमलेखगञ्जसम्म ७९.५ किलोमिटर पाइपलाइन बिछ्‌याउने काम सम्पन्न भइसकेको छ । पाइपलाइनबाट तेल ल्याउने परीक्षण समेत सफल भइसकेको छ ।

पाइपलाइनमा नेपाल सरकारको ७५ करोड र भारतको ३ अर्ब भारु लगानी भएको छ ।

अन्य सम्बन्धित समाचार:  डोनाल्ड ट्रम्पले भने, चुनावमा हारे पनि चुपचाप हट्दिँन
Maruti Cement