धनगढीको विस्फोट स्थलमा एउटा पेस्तोल फेला

Prabhu Bank

काठमाडौं । ५ जना घाइते हुने गरी धनगढीको एक होटलमा भएको विस्फोट स्थल नजिकै एउटा पेस्तोल फेला परेको छ ।

Saftey Pads

विस्फोट बिहीबार साँझ करिब ७ बजेर २० मिनेट जाँदा भएको थियो । धनगढीको सहिद चोक नजिकै भएको विस्फोटमा स्थानीय निलम होटलका सञ्चालक केशवराज पाण्डेसहित अन्य ४ जना गम्भीर घाइते भएका हुन् ।

उनीहरूको धनगढीकै माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । के विस्फोट गराइयो भन्नेबारे निर्क्यौल भइनसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

Maruti Cement