धनगढी विस्फोटमा परेका सिंहको मृत्यु

Prabhu Bank

काठमाडौं । धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटमा घाइते भएका ५ जनामध्ये एक जनाको मृत्यु भएको छ

Saftey Pads

विस्फोटमा परि गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा मृत्यु भएको हो । धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा ५ जना घाइते भएका थिए ।

जसमध्ये गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा मायाँ मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्यको उपचार भइरहेको छ ।

विस्फोट विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताले गराएको प्रहरीले शङ्का गरेको छ ।

विस्फोट भएको होटलमा एक थान पेस्तोल र झोलासमेत फेला परेको छ ।

अन्य सम्बन्धित समाचार:  १ हजार २ सय ७ जनामा काेराेना संक्रमण पुष्टि: ८ जनाको मृत्यु

 

Maruti Cement