जुम्लाका वडाध्यक्षमाथि जडीबुटी चोरी निकासीको आरोप, स्थानीय द्धारा कुटपिट

Prabhu Bank

काठमाण्डौ । जुम्लाको पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि जडीबुटी चोरी निकासीको आरोप लागेको छ। बागजाले सामुदायिक वनको जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता देखिएको भन्दै लुमगाउँका स्थानीयले उनीमाथि कुटपिट गरेका हुन्।

Saftey Pads

लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष रावतमाथि हातपात गर्नु साथै अभद्र व्यवहार गरी कठालो समातेर कमिज च्यातेका आरोप छ। कालीबहादुर रावललगायतका स्थानीयवासीको अगुवाइमा वडाध्यक्षमाथि कुटपिट भएको हो।

स्थानीयवासीले वडाध्यक्ष रावतविरुद्ध नाराबाजी गर्दै पदबाट राजीनामा दिन मागसमेत गरेका छन्। सामुदायिक वनमा पाइने सेतोचिनी (खिरौँला) चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको लुमगाउँका स्थानीयवासीको आरोप छ।

जनप्रतिनिधि नै अवैध कारोवारमा संलग्न भएको आरोपमा गाउँ नै वडाध्यक्षको विरुद्धमा छ। कुटपिट घटनाका आरोपित कालीबहादुर रावलले वडाध्यक्ष रावत जडीबुटी चोरी निकासीमा संलग्न रहेको जिकिर गरे।

अन्य सम्बन्धित समाचार:  भदै थारूको बाघसँग बसेको माया

गाउँमा विवाद भएको समयमा प्रहरी नआउने र वडाध्यक्षले बोलाएको अवस्थामा आएपछि प्रहरीलाई गाउँबाट लखेट्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए।

तर, वडाध्यक्ष कालीबहादुर रावतले जडीबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको दाबी गरे। कुटपिट र दुव्र्यबहारपछि गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्न थालेको उनले बताए।

स्थानीयवासीले लगाएको आरोप न्यायिक निकायले दोषी ठह¥याए कानूनबमोजिम कारवाही भोग्न र वडाध्यक्षको पदबाट राजीनामा दिन तयार रहेको उनको भनाई छ।

सुरक्षाका लागि डिल्लीचौर प्रहरी चौकीबाट गएका प्रहरीमाथि लुमगाउँका स्थानीयवासीले ढुङ्गामुढा गरेका छन्। वडाध्यक्षमाथि हातपात भएको विषयमा बुझ्न गएका प्रहरीमाथि स्थानीयवासीले ढुङ्गामुढा गरेका हुन्।

डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज प्रेमबहादुर थापाले लुमगाउँका स्थानीयवासीले आफूहरुमाथि ढुङ्गामुढा गरेको बताए।सुरक्षाका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढाका साथै हातपातसमेतको प्रयास भएको इन्चार्ज थापाको भनाई छ।

अन्य सम्बन्धित समाचार:  केही स्थानमा भारी वर्षाको सम्भावना
Maruti Cement