आऊ, बुद्धका मूर्ति ढालौँ !

Prabhu Bank

त्यो सगरमाथाको अब के काम !
त्यो भन्दा त हामी आफै अग्ला छौँ
त्यसैले सगरमाथा ढालौँ,
धेरै मान्छेले पुज्ने त्यो
पशुपतिनाथ मात्र किन?
गुहेश्वरी, स्वर्गद्वारी र मुक्तिनाथ पनि ढालौँ
किनकि धर्म त अफिम पो हो
यो अफिमलाई जरैदेखि फालौँ
आऊ, बुद्धका मूर्ति ढालौँ।

Saftey Pads

गिद्दहरुको जगजगी भएको बेला
बुद्धको के काम अब?
अचेल मन्दिरमा देउताहरु बस्न सक्दैनन्
त्यसैले मन्दिर ढालौँ
अचेल गुम्बाहरुमा बुद्ध बस्दैनन्
त्यसैले गुम्बा ढालौँ
भाइ भाइको लाशमा टेकेर
बिजयका उत्सव थालौँ
हाम्रा मुक्का बलिया भए
आऊ, बुद्धका मूर्ति ढालौँ।

राजाका शालिक ढालौँ
शहिदका शालिक ढालौँ
जंगे पिलर ढालौँ
किनकि ईतिहाँस बलियाहरुको मात्र थियो
त्यसैले लेख्नेहरुको शालिक ढालौँ
लेखिनेहरुको शालिक ढालौँ
भाइचारा भ्रम हो
यो भाइमाराको समय हो
त्यसैले क्रान्तिको आगो बालौँ
आऊ, बुद्धका मूर्ति ढालौँ।

हामीलाई सीता के काम !
भृकुटी पनि के काम !
सन्नी लियोनीको तारिफ गरौँ
सूर्य चन्द्र अंकित झण्डा चाहिन्न
यहाँ बुद्ध मरेर त केहि हुन्न
मूर्ति ढालेर त झन् के हुनु?
यो ज्यानमाराको समय हो
त्यसैले सिंहदरबार ढालौँ
राजदरबार ढालौँ
नयाँ क्रान्तिको आगो बालौँ
आऊ, बुद्धका मूर्ति ढालौँ !

 

Maruti Cement