काठमाडौं । बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ११ जना घाईते भएका छन्।
कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको प १ ज २१ नम्बरको जिप जगन्नाथ गाउँपालिका –५ भुवाखोलामा दुर्घटना भएको हो।
जीपमा सवो २ जना सकुसल रहेको बाजुरका प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिए। जीप उकालोमा चढ्न नसकेर कर्णाली करिडोरको सडकबाट ५० मिटर तल खसेको बताएको छ।