बुद्धको मूर्ति तोडफोड गर्नेलाई  कारवाही गर : साझा पार्टी 

Prabhu Bank

काठमाण्डौं। साझा पार्टीले बुटवल – भैरहवा सडक खण्डमा राखिएका गौतम बुद्धको मूर्ति तोडफोड गर्नेलाई अनुसन्धान गरि कारवाही गर्न सरकारसँग माग गरेको छ। पार्टीका प्रवक्ता डा। सूर्यराज आचार्यले शुक्रबार विज्ञप्ति जारी गर्दै बुद्धको मूर्ति तोडफोड गर्नु निन्दनीय कार्य भएको उल्लेख गरेका छन्।

Saftey Pads

नेपालका गौरव, शान्ति र सह-अस्तित्वका प्रेरक गौतम बुद्धको मूर्ति तोडफोड गर्ने कार्य गम्भिर सामाजिक अपराध हो भएको साझाको ठहर छ।

विज्ञप्तिमा मूर्ति तोडफोड संस्कृति र धार्मिक सद्भावप्रतिको प्रहार समेत भएको उल्लेख छ।
साझाले यो घटनाको सूक्ष्म अनुसन्धान गरि तोडफोड गरिएको ठाउँमा तुरुन्त मूर्ति पुनर्स्थापना गर्न, भविष्यमा यस्ता कार्य हुन नदिन आवश्यक सतर्कता र सुरक्षा प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको छ।

अन्य सम्बन्धित समाचार:  पौडेलमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडक खण्डको बीच भागमा रहेको बुद्धको मूर्ति बुधबार राति तोडफोड भएको थियो । तोडफोड कसले र किन गर्यो भन्ने बारे खुलिसकेको छैन।

 

विज्ञप्तिको पूरा अंशः
प्रेस विज्ञप्तिः रूपन्देहीमा बुद्घको मूर्ति तोडफोडको भत्सर्ना

रूपन्देही जिल्लाको बुटवल–भैरहवा सडकको मध्यभागमा राखिएको भगवान गौतम बुद्धको मूर्ति तोडफोड गरिएको घटनाप्रति साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ।

नेपालका गौरव, शान्ति र सह अस्तित्वका प्रेरक गौतम बुद्धको मूर्ति तोडफोड गर्ने कार्य गम्भिर सामाजिक अपराध हो।यो निन्दनीय कार्य हाम्रो संस्कृति र धार्मिक सद्भावप्रतिको प्रहार पनि हो।

यो घटनाको सुक्ष्म अनुसन्धान गरि तोडफोड गरिएको ठाउँमा तुरुन्त मूर्ति पुनर्स्थापना गर्न, भविष्यमा यस्ता कार्य हुन नदिन आवश्यक सतर्कता र सुरक्षा प्रबन्ध मिलाउन साथै दोषीलाई यथाशीघ्र कानुनी कारवाही गर्न साझा पार्टी सरकार समक्ष आग्रह गर्दछ।

डा. सूर्यराज आचार्य
प्रवक्ता, साझा पार्टी
मितिः ३ श्रावण २०७६

Maruti Cement