कोरियामा आँधी आउँदै, सचेत रहन नागरिकलाई आग्रह

Prabhu Bank

काठमाण्डौ । कोरियाली प्रायद्वीपको जेजुसहित दक्षिणी क्षेत्रमा आज (शुक्रबार) राति सम्म ‘ताइफुन दनास’ सामुद्रिक आँधी आउन लागेकाले सतर्क रहन यहाँको सरकारले नागरिकसँग आग्रह गरेको छ।

Saftey Pads

केन्द्रीय प्रेसर ९ सय ९० हेक्टोपास्कल्स रहेको उक्त सामुद्रिक आँधी ताइवानको ३ सय ६० किलमेमिटर उत्तरी समुन्द्रबाट सुरु भएर प्रतिघण्टा २४ किलोमिटरको दूरीमा अगाडि बढिरहेको कोरियाको मौसम विज्ञान शाखाले जनाएको छ।

शुक्रबार बिहान ३ बजेबाट सुरु भएको उक्त आँधी शुक्रबार रातिसम्म कोरियाको जेजु आसपासका क्षेत्रमा आइपुग्ने र शनिबार रातिसम्म कोरियाको पूर्वी समुन्द्र हुँदै अगाडि बढ्ने शाखाले जनाएको छ।

यो आँधीका कारण कोरियाको जेजु टापुमा ७ सय र अन्य क्षेत्रमा २ सयदेखि ५ सय मिलिमिटरसम्म वर्षा हुनसक्ने शाखाको अनुमान छ।

अन्य सम्बन्धित समाचार:  भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको
Maruti Cement