आत्मसुरक्षाका लागि बोकेको बम धनगढीमा पड्कियोः विप्लव

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले बिहीबार साँझ धनगढीको शहीद गेट नजिकै भएको शक्तिशाली विष्फोटको जिम्मा लिएको छ।

शुक्रबार दिउँसो समूहको सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो।

विज्ञप्तिमा विष्फोटमा परी घाइते भएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गरिएको छ। विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको पनि स्वीकारिएको छ । घटनामा अन्य चार जना घाइते छन् ।

घाइते कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये सेरलामा पनि विप्लव समूहकै कार्यकर्ता भएको दाबी गरिएको छ ।

अन्य सम्बन्धित समाचार:  परराष्ट्रमन्त्री ज्ञवाली आज अपरान्ह स्वदेश फर्कँदै

घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने भन्दै अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन अनुरोध गर्दछ गरेको छ ।

साथै, घटनाको मुलकारण ‘दलाल पुँजीवादी संसदीय व्यवस्था’ भएको पनि समूहले दाबी गरेको छ ।
पढ्नुस् विज्ञप्ति