साउन लागिसक्दा देशभर ४० प्रतिशतमात्र धान रोपाइँ

Prabhu Bank

काठमाडौं । साउन लागिसक्दा पनि देशभर ४० प्रतिशतमात्र धान रोपाइँ भएको छ । त्यसमा पनि मुख्य उब्जनी हुने तराईमा अझै ६५ प्रतिशत जमिन बाँझै छ ।

Saftey Pads

कृषि मन्त्रालयका अनुसार सातवटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाइँ भएको छ । सुदूरपश्चिममा ६९.६० प्रतिशत रोपाइँ भएको हो । त्यसैगरी १ नम्बर प्रदेशमा ३६.०७ प्रतिशत, २ नम्बर प्रदेशमा १६.६३ प्रतिशत, ३ नम्बर प्रदेशमा ३१.०६ प्रतिशत, गण्डकी प्रदेशमा ६७.४० प्रतिशत, प्रदेश नम्बर ५ मा ४७.८४ प्रतिशत र कर्णाली प्रदेशमा ६७.८३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

समग्रमा सातवटै प्रदेशमा जम्मा ४०.४६ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । तथ्यांकअनुसार गत वर्ष यहि अवधिमा ६३.८८ प्रतिशत रोपार्र्र्र्ई सम्पन्न भएको थियो ।

अन्य सम्बन्धित समाचार:  भारतमा सोमबारदेखि विद्यालय खोल्न सरकारको अनुमति

धान रोपाइँको जिल्लागत अवस्था हेर्ने हो भने मुगुमा सबैभन्दा धेरै ९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । नेपालमा धान रोपाइँ हुने १३ लाख ७१ हजार ७ सय ९ हेक्टर क्षेत्रफलमा रोपाईँ हुने गरेको छ ।

गत वर्ष यही अवधिमा १ नम्बर प्रदेशमा ५३.३९ प्रतिशत, २ नम्बर प्रदेशमा ७४.६१ प्रतिशत, ३ नम्बर प्रदेशमा ६२.२६ प्रतिशत, गण्डकी प्रदेशमा ७५ प्रतिशत, ५ नम्बर प्रदेशमा ६६.३९ प्रतिशत, कर्णाली प्रदेशमा ६९.९३ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ८१ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यसरी हेर्दा यो वर्ष हालसम्मको अवधिमा गत वर्षको भन्दा २३ प्रतिशत रोपाइँ कम हो ।

त्यसैगरी, भौगोलिक अवस्थाअनुसार धान रोपाइँको अवस्था हेर्दा उच्च पहाडमा ५१.८१ प्रतिशत, मध्ये पहाडमा ५३.९६ प्रतिशत र तराईमा सबैभन्दा कम ३५.१२ प्रतिशत रोपाइँ कम भएको छ । जुन गत वर्षको यहि अवधिमा उच्च पहाडमा ६६.२२ प्रतिशत, मध्ये पहाडमा ६७.०४ प्रतिशत र तराईमा ६२.६५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
समयमा पानी नपर्नु, रासायनिक मलको अभावसँगै तराईमा गएको बाढी तथा पहिरोको कारण समयमै रोपाइँ नभएपछि धान उत्पादन कम हुने देखिएको छ ।

अन्य सम्बन्धित समाचार:  डा सन्दुक रुइतलाई जनसेवा श्री प्रथम
Maruti Cement