जनकपुरधाममा अर्काको नाममा ट्रायल दिने एक जना पक्राउ

Prabhu Bank

काठमाण्डौ । जनकपुरधाममा अर्काको नाममा ट्राईल दिने एकजना युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
अर्काको स्थानमा ट्रायल दिने धनुषाको शहिदनगर नगरपालिका ९ घर भई हाल जनकपुर उपमहानगरपालिका ४ बस्ने २२ वर्षका शिव कुमार यादवलाई पक्राउ गरिएको हो।

Saftey Pads

महोत्तरी जिल्लाको मदेवा घर भइ हाल जनकपुर उपमहानगरपालिका ४ मा डेरा गरि बस्ने पप्पु यादवको मोटरसाईकल लाईसेन्सको लागि उनको साटो ट्राईल परीक्षा दिइरहेका शिवकुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यातायात व्यवस्था कार्यालय जनकपुरधामकोे जनकपुरधाम उपमहानगरपालिका ८ स्थित ज्ञानकुप माध्यमिक विद्यालयको ट्राईल सेन्टरमा ट्रायल दिइरहेका शिवकुमार प्रहरीको फन्दामा परेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।

अन्य सम्बन्धित समाचार:  कोरोना कहरको मारमा डडेल्धुराका ओखर व्यवसायी
Maruti Cement