भक्तपुरमा छतबाट खसेर एकको मृत्यु

Prabhu Bank

काठमाण्डौ । भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको हो।

Saftey Pads

तीनतले घरको छतमा चिप्लिएर लडेपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

 

अन्य सम्बन्धित समाचार:  मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीमा एकजनाको मृत्यु
Maruti Cement