ओखलढुंगामा एक वडाध्यक्षद्वारा अर्काे वडाका अध्यक्षमाथि कुटपिट

Prabhu Bank

काठमाण्डौ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ का वडाध्यक्ष अजय लुईँटेलले आफ्नै सहकर्मीमाथि कुटपिट गरेका छन्। लुईँटेलले गाउँपालिकाको कार्यालयमै वडा नम्बर ७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका हुन् ।

Saftey Pads

थापाले आफू गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे लुईँटेलले रक्सी पिएर कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिएका छन् । उनले सार्वजनिक शान्तिविरुद्धको कुसरमा उजुरी दिए । गाउँपालिका कार्यालयमा काम गरिरहेको अवस्थामा ‘तँलाई यहाँ बस्ने अधिकार छैन’ भन्दै एक्कासी कुटपिट गरेको उजुरीमा उल्लेख छ ।
लुईँटेलले अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई समेत कुटपिट गर्ने धम्की दिएको अडियो रेर्कड स्थानीयले प्रहरीमा बुझाएका छन् ।

अन्य सम्बन्धित समाचार:  विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग

अडियोमा लुईँटेलले थापालाई कुटेको र प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत तथा सुब्बा ईश्वर ढुंगानालाई आफूले मागेको चेक नकाटेको भन्दै ठिक पार्छु भनेको सुन्न सकिन्छ ।

आफूलाई धेरै पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएको पीडित थापाले बताए । थापाको खुट्टामा चोट लागेको छ ।

लुईँटेलविरुद्ध अडियोसहित उजुरी आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी पुष्पराज मल्लले बताए । उहाँले उजुरी र अडियो सुनेपछि लुईँटेललाई हाजिर गराउन प्रहरी खटाइएको जानकारी दिए । उजुरी पछि आरोपित लुईँटेल सम्पर्कविहीन भएका छन् ।

Maruti Cement