निजी अस्पतालका सञ्चालकलाई सरकारी अस्पतालको अध्यक्ष बनाइनु आपत्तिजनक 

Prabhu Bank

काठमाडौँ । गण्डकी प्रदेश सरकारले नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालको अध्यक्षमा निजी अस्पताल सञ्चालक मनोनित गरेकोमा साझा पार्टी, नवलपुरले आपत्ति जनाएको छ ।

Saftey Pads

साझाले शुक्रबार विज्ञप्ति जारी गर्दै निजी अस्पतालका सञ्चालकलाई सरकारी अस्पतालको अध्यक्ष बनाइनु राजनीतिक हस्तक्षेप र नीतिगत भ्रष्टाचार भएको ठहर गरेको छ ।

‘गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने सरकारी अस्पतालमा स्वास्थ्य क्षेत्रलाई नै व्यापार बनाएका व्यक्ति, जसका निजी अस्पतालमा लगानी छ, उसैलाई नजिकै रहेका सरकारी अस्पतालमा नेतृत्व दिँदा त्यहाँ स्वार्थको बझान चरम रुपमा रहन्छ । एउटा निजी अस्पताल सञ्चालकले आफ्नो व्यवसायलाई नै असर पर्ने गरि कुनै पनि हालतमा सरकारी अस्पताललाई गुणस्तरीय र व्यवस्थित बनाउनै सक्दैन र गर्दैन भन्ने हाम्रो ठहर हो ।’ साझा पार्टी, नवलपुर संयोजक हरिप्रसाद गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रदेश सरकारको उक्त निर्णय र नियत सरकारी अस्पताललाई धराशायी बनाउने तर्फ प्रेरित भएको भन्दै सो निर्णयलाई सच्याएर प्रदेश सरकार अगाडि बढ्नुपर्ने साझा पार्टी नवलपुरले माग गरेको छ ।

अन्य सम्बन्धित समाचार:  १ हजार १ सय ५४ संक्रमित थपिए: १ हजार ५ जना डिस्चार्ज

प्रेस विज्ञप्ति:

निजि अस्पताल संचालकलाई जिल्ला अस्पताल संचालक समितिको अध्यक्ष मनोनित गरिएको सम्बन्धमा ।

(प्रकाशन र प्रसारणका लागि सक्दो शेयर गरिदिन आग्रह सहित)

भर्खरैमात्र जिल्ला अस्पतालको रुपमा स्तरोन्नति भएको नवलपुर जिल्लाकै एकमात्र अस्पताल मध्यबिन्दु जिल्ला अस्पतालको अध्यक्षमा सोही स्थानमा निजि अस्पताल संचालन गरिरहेका व्यक्ति गण्डकी प्रदेश सरकारको निर्णयबाट जिल्ला अस्पतालको अध्यक्ष नियुक्त गरिएकोमा साझा पार्टी नवलपुरको गम्भीर ध्यानाकर्षण भएको छ।

जिल्लाका आमनागरीकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सरलरुपमा दिनुपर्ने जिल्ला अस्पतालको संचालक समितिको अध्यक्षमा सोही स्थानमा संचालित निजि अस्पतालका संचालकलाई मनोनित गरिनु सरासर नितिगत भ्रष्टाचार र चरम राजनैतिक हस्तक्षेप मात्र नभई कानुनत स्वार्थको बझान पनि हो।

गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने सरकारी अस्पतालमा स्वास्थ क्षेत्रलाई नै व्पापार बनाएका ब्याक्ति, जसको निजि अस्पतालमा लगानी छ, उसैलाई नजिकै रहेको सरकारी अस्पतालमा नेत्तृत्व दिदा त्यहा स्वार्थको बझान (conflict of interest) चरम रुपमा रहन्छ। एउटा निजि अस्पताल संचालकले आफ्नो ब्यबसायलाई नै असर पर्ने गरि कुनै पनि हालतमा सरकारी अस्पताललाई गुणस्तरिय र ब्यबस्थित बनाउनै सक्दैन र गर्दैन भन्ने हाम्रो ठहर हो।

तसर्थ प्रदेश सरकारको यो निर्णय र नियत सरकारी अस्पताललाई धरासायी बनाउने तर्फ प्रेरित भएको देखिएको हुदा साझा पार्टी, नवलपुर प्रदेश सरकारले गरेको यो निर्णयको घोर भत्सर्ना गर्दछ। यो विषयलाई तत्काल प्रदेश सरकारले सच्याएर अगाडि बढोस् भन्ने जोडदार माग राख्दै जनस्वास्थ्यको सवाललाई राजनैतिक हस्तक्षपबाट टाढै राखी काम कारबाही अगाडि बढाउन र आगामी दिनहरुमा यि र यस्ता निर्णय गर्दा राजनैतिक आग्रह र पुर्वाग्रह बिना सक्षम र ईमान्दार ब्यक्तिलाई जिम्मेवारी दिन साझा पार्टी नवलपुर गण्डकी प्रदेश सरकार समक्ष आग्रह गर्दछ।

हरिप्रसाद गौतम
संयोजक
साझा पार्टी नवलपुर
मिती: २०७६ श्रावण ३

Maruti Cement